News Portal

लय समाउँदै शैक्षिक परामर्श व्यवसाय, क्यानडाको भिषा रेट बढेपछि व्यवसायी उत्साहित

मोटिभेटन्यूज संवाददाता
१६५ पटक

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको शैक्षिक परामर्श व्यवसाय विस्तारै पहिलाकै लयमा फर्किन थालेको छ । केही देशहरुले अहिले पनि अन्तराष्ट्रिय सीमा नाका बन्द गरिराखेको भएपनि केही देशहरुको भने राम्रो भिषा लाग्न थालेको छ ।

अस्ट्रेलिया र जापानले अहिले पनि अन्तराष्ट्रिय सीमा नाका बन्द गरिराखेका छन भने यसको विकल्पमा क्यानडा र बेलायतले विद्यार्थीहरुलाई सहुलियत दिन थालेका छन् । कोभिड भन्दा पहिलो बेलायतले पोस्ट स्टडी भिषा लागु गरेपछि विद्यार्थीको ओइरो लागेको थियो । यो क्रम अहिले पनि जारी छ ।

त्यस्तै, क्यानडाले विद्यार्थी भिषा खुकुलो बनाएको छ । पहिले ५ प्रतिशत भिषा रेट रहेको क्यानडामा अहिले ९० प्रतिशतसम्मको भिषा लाग्ने गरेको छ । कलेज तथा विश्वविद्यालयहरुमा ट्युसन शूल्क सस्तो, तीन बर्ष पोस्ट स्टडी भिषाको सुविधा, सजिलै पिआर प्राप्त गर्न सकिने र भिषा रेटपनि राम्रो भएकाले अहिले विद्यार्थीहरुको पहिलो रोजाइ बनेको छ क्यानडा ।

अध्ययन पश्चात पनि राम्रो अबसर प्राप्त हुने भएकाले धेरै जसो विद्यार्थीहरु क्यानडा तीर आकर्षित भएको राइटपाथ करिअर काउन्सिलिङका सीइओ फिलप डिसीको भनाई छ । अस्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको राइटपाथले अहिले विशेषगरी क्यानडाका लागि परामर्श दिइरहेको छ ।

अध्ययनका लागि कसरी जाने क्यानडा ? तलको भिडियोमा हेर्नुहोस् ।

२०७७ फागुन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्