News Portal

नवलपरासीमा बस दुर्घटना : ५ जनाको मृत्यु, कम्तीमा ५१ जना घाइते

थप विवरण आउन बाँकी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९०४ पटक
काठमाडौं

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताए  । मृतकहरुको नाम ठेगाना खुल्न नसकेको उनले बताए  ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए  । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको उनले बताए। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

२०७५ कात्तिक ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्