मोटिभेटन्यूज संवाददाता

काठमाण्डौ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हप्ताको पहिलो दिन सुन तोलामा ८ सय रुपैयाँले बढेको छ ।
अस्ति शुक्रवारसुनको मूल्य घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७७ फागुन ९ गते प्रकाशित
