News Portal

सिभिल बैंक लिमिटेडको दसौँ वार्षिक साधारणसभा सम्पन्न

मोटिभेटन्यूज संवाददाता
३४ पटक

काठमाडौं – सिभिल बैंक लिमिटेडको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार भर्चुयल माध्यमबाट सम्पन्न सभाले चुक्ता पूँजीको ८% का दरले हुनआउने ६४ करोड दुई लाख ७१ हजार १ सय ७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश शेयर पारित गरेको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले शेयरबाट लाग्ने कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुनआउने रु.३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ ८४ पैसा नगद लाभांशवितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै, सभाले आ.व. २०७७÷०७८ को लेखा परिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदानगर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

२०७७ फागुन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्