News Portal

तपाईँको मत खेर जान दिने छैन् : दीपा लामिछाने

मोटिभेटन्यूज संवाददाता
६५ पटक

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को दसौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न फेकनको साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा फोर स्टेप एजुकेशन कन्सल्टेन्सीकी संचालिक दीपा लामिछानेले अत्याधिक मत ल्याएर विजयी भएकी छन् । उनी फेकनकै इतिहासमा सबैभन्दा धेरै मत ल्याएर कार्यसमिति सदस्यमा विजयी भएकी हुन ।

आगामी दुई बर्षे कार्यकालका लागि निर्वाचित उनले फेकनलाई नयाँ उचाईँ दिएर अर्को इतिहास रच्ने बताएकी छिन् । मोटिभेट न्यूज डटकमसँगको कुराकानीमा उनले आफ्ना मतदाताको मतलाई खेर जान नदिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । व्यवसायीको पक्षमा डटेर काम गर्ने उनको भनाई छ । हेर्नुहोस् पुरा भिडियोसहित ।

२०७७ फागुन १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्