News Portal

अब आइपियोको रिजल्ट यसरि मात्रै हेर्न सकिन्छ

मोटिभेटन्यूज संवाददाता
११९ पटक

काठमाडौं । अब आईपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेबसाइट, सीडीएसको मेरो शेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र आईपीओ रिजल्ट हेर्न पाइने भएको छ । यसअघिसम्म विभिन्न अनलाइन मिडियाले पनि आईपीओ परे नपरेको रिजल्ट हेर्न पाउने व्यवस्था गर्दै आएका थिए ।

अब यससम्बन्धी जानकारी आधिकारिक वेबपेजबाट मात्रै हेर्न मिल्ने व्यवस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गरेको छ । लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण भएकाले त्यसको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हो ।

योसँगै अब शुक्रबार (फागुन १४) गते बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओ रिजल्ट पनि सम्बद्ध कम्पनीको वेबसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्नुपर्नेछ ।

२०७७ फागुन १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्