News Portal

तपाइलाई पर्यो त महिला लघुवित्तको आइपियो ?

मोटिभेटन्यूज संवाददाता
१२३ पटक

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड भएको छ।
सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण महिलाको आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाएका हुन् ।

१५ लाख ३६ हजार ६८२ सदर आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०/१० कित्ता हात पारेका छन् ।

यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ।
शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको हो।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए। जसमध्ये ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

लघुवित्तको आईपीओ भरेका आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली भएको छ। जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो।

आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो। जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्ध गरिएको जनाइएको छ। २ करोड ३६ लाख ९२ हजार ६३० कित्ताको माग सदर भएको थियो ।

२०७७ फागुन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्