News Portal

धैर्यता नै हो सफलताको सरल सूत्र

मोटिभेटन्यूज संवाददाता
१४० पटक

काठमाडौं – सफलताका लागि व्यक्तिमा नभइनहुने गुण हो धैर्य । यसले नै मानिसलाई आत्मासंयमी बनाउदछ । सफलताको सोपान चढ्नमा टेवा पुर्याउदछ । धैर्य भएन भने सफलता प्राप्तीमा नराम्रो धक्का पुग्न सक्छ । तसर्थ सफलता प्राप्तीकालागि धैर्य अति नै आवश्यक छ ।

जसरी एउटा कोपिला वयस्क फूल हुदासम्म एउटा लामो समयावधीसम्म धैर्य गर्नुपर्दछ त्यसरी नै व्यक्तिले पनि सफलता नचुमेसम्म धैर्यता गुमाउनु हुदैन ।

सफलता प्राप्त नगरुन्जेलसम्मको समयावधी अवश्यपनि पिडादायक र कष्टकर हुन्छ तर त्यति बेला धैर्य देखाइएन भने सफलता हात नर्पन सक्छ । एउटा जापानी कहावत छ, ‘धैर्य एउटा तितो वुक्ष हो तर यसको फल हमेसा मिठो हुन्छ ।’

विश्वविख्यात साहित्यकार अर्नेष्ट हेंमिग्वेले विभिन्न कृतीहरु लेखेका छन् । ती मध्य सबैभन्दा ख्याती प्राप्त कृती हो बुढो माझी र ममुद्र । उनले यो पुस्तक प्रकाशन गर्नु पूर्व लामो कालखण्ड सम्म धैर्य गुर्नपर्यो । उनले यही उपन्यासलाई दस पन्ध्र पटक होइन दुइ दुइ सय पटकसम्म पुर्नलेखन गर्नुपर्यो ।

यस पुस्तकलाई अन्तीम रुप दिन उनलाई निक्कै कठिनाइ पर्यो । यी सबैका बाबजुद उनले धैर्य गरे र जब उनको उक्त पुस्तक प्रकाशीत भयो बजारमा आएको दुइ दिनमै ५३ लाख भन्दा बढि प्रति बिक्यो साथै इतिहासमै नेबेल पुरुस्कार र पुलिट्जर पुरुस्कार जित्न पनि सफल भयो ।

कुनै पनि सफलता सोचे जस्तो एक्कै पटकमा हात लाग्दैन । यसमा लामो समय सम्मको पर्खाइको आवश्यकता पनि पर्न सक्दछ । लामो समयसम्मको धैर्य, अथक प्रयाश र परिश्रम तथा प्रबल इच्छाको योग नै सफलता हो । धैर्यको अर्को विशिष्ट उदाहरण देख्न पाइन्छ प्रथम जासुसी कथाकार एडगर एलन पोको जीवनमा । द राभेन यो उनको एउट विश्व प्रख्यत रचना हो जसलाई उनले लेख्न मात्र चार वर्ष लगएका थिए ।

त्यस पछिका दश वर्ष यही कवितालई परिमार्जन गर्नमा बिताए । र जसै कविता तयार भयो उनी त्यस्लाई छपाउनका लागि सम्पादक ग्राहमकाहाँ गए । तर सम्पादकले त्यो कवितालाई छाप्न ठाडै अस्विकार गरिदिए । उनी घर फर्के र त्यही कवितालाई पुनः सच्याउन तर्फलागे । र, पुन सम्पादक कहाँ पुगे । यस पटक पनि विभिन्न खोट देखाइ उनको रचना अस्विकृत भयो ।

पैसाको अभाव थियो उनलाई यसर्थ केही गुजरा चल्ने उद्धेश्यले उनी पटक पटक सम्पादककहाँ उही कविता लगेर बिन्ती भाउ गर्न थाले । अती भए पछि सम्पादकले मात्र दश डलरमा बिक्यो जसलाई सच्याउन मात्र दश वर्ष लागेको थियो । तर उनको मृत्यु पश्चात उक्त द राभेन कविता दशौ लाख डलरमा विक्रि भयो । हेर्नुहोस समय सँगै कति बदलिएको हामी पाउदछौ ।

अमेरिकाका सोह्रौ राष्टपती अब्राहम लिंकन लामो असफलताको चरण पछि मात्र राष्टपति बन्न सकेका थिए । त्यस्तै बुढेसकालमा अएर मात्र विस्टन चर्चिल प्रधानमन्त्री बन्न सकेका थिए । थोमस एडिसनलाई विजुलिको चिम बनाउन वर्षै लागेको थियो । आदि इत्यादी हेर्दा हामी देख्न सक्दछौ कि कुनै पनि सफलतम व्यक्ति जादुँको छडीको कमाल जसरी एकै पटकमा हुदैन । धेरै लामो समय चाहीन्छ । यसर्थ धैर्यको आडमा हमेसा सफलताको यात्रामा चलौ । अस्तु ।

२०७७ फागुन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्