News Portal

क्युआरमय बन्यो पोखरा…

मोटिभेटन्यूज संवाददाता
१७४ पटक

काठमाडौं – पर्याटकिय नगरी पोखरा क्याआर मय बनेको छ । माछापुच्छ्रे बैंकले पोखरास्थित विभिन्न ठाउँमा क्युआर काड सेवा सुरु गरेपछि पोखरा क्युआरमय बनेको हो ।

बैंकले हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा.लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएपछि पोखरा क्युआर कोडमय भएको हो । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्युआर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो ।

पोखराको नयाँबजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककाका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्तरुपमा उक्त समारोहको समुद्घघाटन गरेका थिए । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्व प्रकाश गौतम तथ सृजना कार्कीको पनि उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्। त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कामु निर्देशक सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे । ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सकिने बताइएको छ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आममानिसमा बढ्दै गएको छ ।

पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९ हजार पुगेको छ । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

२०७७ फागुन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्