News Portal

नेकपाको नामलाई निर्वाचन आयोगले दियो वैधानिकता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१० पटक
काठमाडौं

कार्तिक ९, काठमाडौँ – निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए  ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले आज दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।

आयोगका प्रवक्ता दीपक सुवेदीले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी नेकपाको अलग अलग पहिचान हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको बताउनुभयो । फैसलाअघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले गत वुधबार छलफल गरेको थियो ।।

२०७५ कात्तिक ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्