News Portal

निमासले गर्‍यो फेकनको नयाँ कार्यसमितिलाई सम्मान

मोटिभेटन्यूज संवाददाता
१६७ पटक

काठमाडौँ – निमास एजुकेशनले स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन)को नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । बागबजारमा रहेको कार्यालयमा निमासले बधाई सहित आगामी कार्यकालका लागि सफलताको शुभकामना समेत दिएको छ ।

निमासले फागुन ८ शनिवार भएको फेकको १० औँ वार्षिक साधारण सभा पछिको भएको निर्वाचनबाट विजयी अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष वासु नेपालले व्यवसायीको हक हितका लागि आफ्नो कार्यकाल उपलब्धि मूलक हुने बताए ।

व्यवसायीहरूले विश्वास गरेर आफूलाई फेकको जिम्मेवारी दिएको भन्दै उहाँहरूको विश्वास टुट्न नदिने बताए । पछिल्लो समय शैक्षिक परामर्श व्यवसायमा एफडीआइ भित्रिएकोमा गुनासो गर्दै मौलिक व्यवसायमा एफडीआई आउनु गम्भीर विषय भएको उनको भनाई थियो ।

कार्यक्रममा उपाध्यक्ष प्रज्वल बस्नेत, हेमन्तराज दुलाल र महासचिव राजु निरौलाले धन्यवाद मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता फेकनकी पूर्व वरिष्ठ उपाध्यक्ष गीता रिजालले गरेकी थिइन् ।

२०७७ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्