News Portal

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा सचिवालय बैठक बोलाउने निर्णय

मोटिभेटन्यूज संवाददाता
११४ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

यही फागुन १९ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ ।

आज बिहान बसेको सचिवालय बैठकले केही दिनमा नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

२०७७ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्