News Portal

विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा टोली घोषणा

मोटिभेटन्यूज संवाददाता
१०२ पटक

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली घोषणा गरेको छ।

टोलीमा गृहमन्त्री थापासंगै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई त्यसको सदस्य छन्।

सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।

दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने बताएका थिए ।

एक साताअघि मात्रै विप्लवले विज्ञप्ति जारी गर्दै सरकार वार्ताका लागि इमान्दार भएर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार भएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।

सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले वार्ता टोली घोषणा गरेको हो । विप्लव नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

२०७७ फागुन १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्