News Portal

जनमत संग्रह गर्ने सर्तमा बार्ता गर्दै विप्लव, के विषयमा हुँदैछ जनमत संग्रह ?

मोटिभेटन्यूज संवाददाता
७४ पटक

काठमाडौँ– सरकार जनमत संग्रह गर्न तयार भएपछि विप्लव नेतृत्वको नेकपा बार्ता गर्न तयार भएको छ ।

प्रतिबन्धित नेकपा श्रोतका अनुसार सरकार संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रका लागि जनमत संग्रहमा जान तयार भएपछि बार्ता हुने भएको हो ।

विप्लवले बार्ताको मुख्य एजेन्डा जनमत संग्रह गर्न सरकार तयार हुन पर्ने सर्त राखेको थियो । सरकार र विप्लव नेतृत्वको नेकपा दुवैले वार्ता टोलीसमेत घोषणा गरिसकेका छन् ।

सरकार तर्फको वार्ता टोली संयोजकमा नेपाल सरकारका गृह मन्त्री रामबहादुर थापालाई तोकिएको छ भने विप्लवको तर्फबाट पार्टी प्रबक्ता खड्क बहादुर विश्वकर्माको संयोजकत्तोमा वार्ता टोली गठन भएको छ ।

२०७७ फागुन १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्