ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
20.9K
SHARES

काठमाडौं – ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २१ गतेबाट खुल्ने भएको छ । यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो ।

कम्पनीले एकसय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ । जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो ।

फागुन २१ गतेबाट खुल्ने कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले ढिला गरि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर लगानीमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागिसम्म आवेदन दिन सक्नेछन् ।