News Portal

११ वर्षीय बालिका बलात्कृत, दुईजना पक्राउ

मोटिभेटन्यूज संवाददाता
९८ पटक

दाङ – दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी छन् । मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्केकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए । ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।

मुख थुनेर बालिका बलात्कार गरेपछि आरोपीले ‘कसैलाई भनेमा राम्रो नहुने’ धम्की दिएका थिए । बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । बालिकाको योनीबाट रगत बगिरहेको बताइएको छ ।

२०७७ फागुन १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्