News Portal

थप ७८ जना नयाँ संक्रमित थपिए, यस्तो छ पछिल्लो अपडेट

मोटिभेटन्यूज संवाददाता
१०९ पटक

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

थप ७८ जना संक्रमित थपिएसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा थप ७२ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ ।

त्यस्तै, हालसम्म २ लाख ७ हजार ७७ जना संक्रमित निको भएका छन् भने ९७४ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

२०७७ फागुन १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्