News Portal

सरकार र विप्लवबीच दोश्रो चरणको वार्ता सम्पन्न, के-के भयो सहमति ?

मोटिभेटन्यूज संवाददाता
११५ पटक

काठमाडौं – सरकार र विप्लव नेतृत्वको नेकपाबीच दोश्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो भने दिउसो दोश्रो चरणको वार्ता भएको श्रोतले जनाएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता पछि केही विषयमा सहमति भएको बताए । तर उनले कुनकुन विषयमा सहमति भएको भनेर खुलाउन चाहेनन् ।

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको नेकपा निकट श्रोतको भनाई छ । श्रोतका अनुसार केही दिनमा नै सहमति हुने बुझिइको छ ।

वार्ता कुन ठाउँमा भएको भनेर खुलाइएको छ ।

२०७७ फागुन १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्