News Portal

नेकपाको चिया खल्लो, प्रधानमन्त्री ओली नै सहभागी भएनन्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५१९ पटक
काठमाडौं

कार्तिक १०, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को चियापान खल्लो भएको छ । आयोजक पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चियापानमा सहभागी भएनन् ।

ने क पाका महासचिव विष्णु पौडेलका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानन्त्री चियापानमा सहभागी नभएका हुन् । “रुघा खोकी र छातीमा समान्य समस्या देखिएका कारण प्रधानमन्त्री ज्यू यहाँ सहभागी नहुनु भएको हो,” महासचिव पौडेलले भने, “शारीरिक रुपमा उहाँ यहाँ उपस्थित नभए पनि भावनात्मक रुपमा यो चियापानमा उपस्थित हुनुहुन्छ ।”

पार्टीको सांगठनिक तथा भावनात्मक एकताबारे राखिएको जिज्ञासामा पौडेलले सांस्कृतिक अर्थराख्ने चाडपर्वका अवसरमा अयोजना गरिएको कार्यक्रममा राजनीतिक अर्थ नखोज्न आग्रह गर्दै त्यसका लागि उपयुक्त समय र ठाउँ नभएको बताए ।

यस्तै उक्त चियापानमा संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पनि उपस्थित भएनन् । मुख्य दलका मुख्य नेता तथा प्रधानमन्त्री नै सहभागी नभएपछि चियापानमा अपेक्षित उत्साह कार्यकर्ता तथा सुवेक्षुकमा देखिएको छैन ।

काठमाडौंको भृकुटिमण्डपमा ने क पाले आयोजना गरेको चियापानमा ५० हजारलाई निम्ता बाँडिएको आयोजकले बताउँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले एकीकरणपछि पहिलो पटक आयोजना गरेको पहिलो चियापान हो यो । नेपालीहरूका प्रमुख चाड, दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद, ल्होछारलगायत पर्वका अवसरमा कात्तिक १० गते भृकुटीमण्डपमा पार्टीले सार्वजनिक चियापान कार्यक्रमको आयोजना गरेको हो ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्