News Portal

नेकपा प्रचण्ड– माधव समूह निर्वाचन आयोग जाँदै

मोटिभेटन्यूज संवाददाता
११६ पटक

काठमाण्डौ – नेकपा प्रचण्ड– माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । प्रतिनिधिसभा बैठकको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । केही दिनदेखि दलहरु आन्तरिक रणनीतिका लागि छलफलमा जुटिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड– नेपाल समूहले आज पनि केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको छ । हिजो मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो ।

केहीबेरमा काठमाण्डौ उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको प्रचण्ड–नेपाल समूहका नेताहरुले बताएका छन् ।

२०७७ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्