जनमुक्ति सेनाको कडा सुरक्षासहित काठमाडौँ छिरे विप्लव


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
13.4K
SHARES

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) जनमुक्ति सेनाको कडा सुरक्षासहित काठमाडौँ प्रबेश गरेका छन् । भोलीको सभालाई सम्बोधन गर्नका लागि विप्लव आफ्नै गाडिमा सेनासहित काठमाडौँ प्रबेश गरेका हुन ।

गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै काठमाडौँ आएका हुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुदे सहमति भएपछि विप्लव प्रतिबन्धपछि पहिलो पटक सार्वजनिक हुन लागेका हुन । शुक्रबार दिउसो राष्ट्रिय सभागृहमा उनीसहित प्रधानमन्त्री केही शर्मा ओलीले सम्बोधन गर्नेछन् ।