News Portal

नेकपामाथिको प्रतिबन्ध फुकुवा

मोटिभेटन्यूज संवाददाता
९७ पटक

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक प्रतिबन्ध फुकुवा गरेको हो ।

बैठकले बिहिबार विहान सरकारी वार्ता टोली र नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

२०७७ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्