News Portal

काभ्रेमा जीप दुर्घटना : पत्रकार पराजुलीसहित २ को मृत्यु ,४ जना घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६९ पटक
काठमाडौं

कार्तिक १०, काभ्रे – काभ्रेको मन्डनदेउपुर नगरपालिका–५ मा रहेकाे ढकालथोकमा शनिबार बा ३ च २८७ नम्बर को जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिनुभए अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर-४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

पराजुली काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका थिए । घाइते ४ जना लाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्