News Portal

ढिलै भएपनि पुगे कांग्रेस सभापति देउवा नेकपाको चियापानमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६०३ पटक
काठमाडौं

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान समारोहमा पुगेका छन्।

सभापति देउवा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको चियापान समारोहमा करिब सवा ४ बजे पुगेका हुन्।

नेपाल तरुण दलले शनिबार बिहान कांग्रेस मुख्यालय सानेपामा आयोजना गरेको चियापान समारोहमा पनि देउवा सहभागी भएका थिए।

यसअघि, नेकपाको चियापानमा कांग्रेस नेता अर्जुननरसिंह केसीसहित अन्य केही नेताहरु पनि कार्यक्रमस्थल पुगेका थिए।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्