यसरी कालिज पालेर गर्नुहोस् मनग्य आम्दानी (भिडियो सहित)


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
24.7K
SHARES

तपाईंको नयाँ ब्यबसाय गर्ने सोचमा आएको ठूलो अबरोध के हो? पुँजि, सीप, उपयुुक्त ज्ञान, कामदार वा अन्य केही? कि तपाईं आफुसङग उपयुक्त जग्गा नभएका कारण ब्यबसाय गर्न सकिरहनुभएको छैन? यी र यस्ता समस्या एउटा स्टार्ट अप सुरु गर्ने सोच भएको ब्यबसायिले भोग्ने साझा समस्या हुन् । तर यी समस्याहरुलाइ तपाईंले सिर्जनात्मक तरिकाले समाधान गर्न सक्नुभयो भने तपाईंको ब्यवसायी बन्ने सोच चाडै पूरा हुन्छ । तपाईंका लागि आज हामिले यहाँ प्रस्तुत गर्ने सफलताको कथा त्यही उपयुक्त जग्गा नहुने ब्यवसायिका लागि बिकल्प बन्नसक्ने एउटा ब्यवसायको कथा हो ।

काठमाडौं बाट करिब ४० मिनेटको सवारी पछि भक्तपुरको साँगा पुगिन्छ । साँगास्थित सगरमाथा पेट्रोल पम्प पुगेर दाहिने तिर हेर्नुभयो भने तपाईंले सान शीत फर्फराइरहेको नेपालको रास्ट्रिय झण्डा देख्नुहुन्छ। त्यही झन्डाको फेदमा छ नासिका वाइल्ड एन्ड क्याटल प्रोडक्ट । भिरालो र धुलाम्मे अनि उकालो कच्ची बाटो चडदा हामिलाइ पनि यहाँ के गतिलो ब्यवसाय भएको होला भन्ने लागेको थियो। तर गन्तव्य पुगेपछि साच्चै यो स्टोरी हजारौ दर्शकका लागि प्रेरणाको स्रोत बन्न सक्छ भन्नेमा हामी निस्चिन्त भयौं ।

चिनबाट सामानहरु निर्यात गरेर त्यसैलाइ आफ्नो ब्यवसाय बनाइरहेका सिन्धुपाल्चोकका नवराज तिमल्सिना कृषिमा केही गर्नपाए हुन्थ्यो भन्ने सोचमा थिए। त्यसैका लागि एउटा समूह बनाइ बाख्रा पालन गर्ने सोच भएका उनलाइ पत्रिकामा पढेको एउटा समाचारले अन्तै आकर्शित गर्यो।

त्यही समाचार पढेपछी उनी प्रेरित भइ पोखरा पुगे र कालिजको बिउ ल्याइ आफ्नो फर्म लगे। करिब आधामात्र चल्ला बचाउन सकेको ती दिन उनी यसरी सम्झिन्छन् ।

यस्तो सिमित ज्ञान र प्रबिधीको बापजुत केही बाख्रा अनि कालिज सहित ५ जना साथिहरुको संयुक्त लगानीमा जन्मियो नासिका वाइल्ड एन्ड क्याटल प्रोडक्ट।

यो समुहको त्यही प्रयास आज ब्यवस्थित सम्रचना सहित २१ रोपनीमा कालिज फर्म बनेर उभिएको छ भने ७०० भन्दा बढि कालिज र केही बाख्रा पालन भइरहेको छ।

बाख्राबाट सुरु गरेको भएपनि आज उनिहरु कालिजमा बढी रमाइरहेका छन् । ब्यवसायिक बाख्रापालनलाइ भने उनीहरुले निरन्तरता दिन सकेनन् ।

आजसम्म यहाँ उत्पादित कालिज चल्ला बितरणमै प्रयोग हुने गरेको छ। देशभर बाट कालिज पाल्न इच्छुक कृषकहरुले चल्ला माग गरिरहेको भएपनी पुर्याउन सक्ने अबस्था छैन । त्यसैले मासु प्रयोजनका लागि सिमित कालिजको मात्र प्रयोग हुने गरेको छ।

आम्दानी को प्रसङ्ग निकाल्दा उत्साहित हुँदै नवराज सोचे भन्दा राम्रो आम्दानी रहेको बताउँछन् । यद्यपि आजसम्म भएको आम्दानी सबै उनीहरुले फार्मकै वृद्धि बिकासका लागि लगानी गरेका छन् ।

एउटा बनमा बस्ने चरोको प्रजातीलाई ब्यवसाय बनाउनुको कारण उनी राज्यको माग र कृषिमा केही फरक गरौं भन्ने सोच भएको बताउँछन् । उनिहरु त राज्यले सहज व्यबस्था गरिदिए बदेल लगायतका अन्य जनावर समेत पाल्ने योजनामा छन् ।

भाडामा जग्गा लिएर त्यस किसिमको भिरालो जग्गामा उनको ब्यवसाय आज सफल ब्यवसाय र सोच बनेको छ। पार्टनरसिप ब्यबसाय नेपालमा टिक्दैन भन्ने बजारी हल्ला स्विकार्ने भएपनी आफ्नोमा त्यो खालको समस्या नरहेको उनको भनाइ छ।

संचालकहरुको आर्थिक पाटो बलियो हुनुका साथै युवाहरूलाई नमुना काम गरेर देखाउदै देशमै सकिन्छ भन्ने देखाउनका लागि उनले फर्मको सुरुवात गरेका हुन् । उनले प्रबिधिको उचित ब्यवस्थापन गर्दै आफू फर्म बाट टाढा हुँदा पनि रेख देख गर्नसक्ने ब्यवस्था मिलाएका छन् ।

यो बर्ष २०००० कालिज उत्पादन गर्ने लक्ष्य उनिहरुको छ जसमध्य आधा चल्ला उत्पादन गर्ने सोच छ भने आधा बयस्क कालिज उत्पादन गर्ने योजना।

अन्य उत्पादन जस्तो कालिज पालनमा बजारको समस्या नरहेको उनको भनाइ छ। भएजती माग नै पुर्ती गर्न नसकिएको र रेस्टुरेन्टहरुमा कालिजको समेत मेनु बन्दै गएकाले बजार अझै सहज भएको उनी बताउँछन् ।

जुनसुकै काम गर्दापनी अवसर सङ्सगै चुनौती पनि आउने हुँदा समस्या कालिज पालनामा पनि भएपनी उनी यसमा चुनौती भन्दा बढी अवसर देख्छन् ।

कालिज पाल्ने कृषकहरुलाइ सबै जानकारी एउटा भिडियो बाट दिन गार्हो हुने भएपनी उनी यो क्षेत्रमा आउन चाहने कृषकहरुलाइ यस्तो सुझाव दिन्छन् ।

अवसर पाइएन भनेर बिदेश जाने आजको युवा प्रबृत्ति उनलाइ मन पर्दैन। राज्य पनि हिजोआज कृशिमैत्री बन्दै गएको हुँदा यहीँ धेरै गर्न सकिने उनको भनाइ छ।

नेपाल सरकारले नेपाली कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि उपयुक्त नीति ल्याउदै निर्यात सहज बनाउनुपर्ने र कृषकका समस्याहरुलाइ समयमै सम्बोधन गर्नुपर्ने उनको धारणा छ।

अरुले आफ्नो ब्यवसायिक बाटो नक्कल गरे भने धेरै ब्यवसायी त्यसलाइ राम्रो मान्दैनन् तर नवराज भन्व यो मामलामा अलि फरक छन् । धेरै कृषकहरुले कालिज पालन गरेमा बजार खोज्न सहज हुने हुँदा उनी अरुले पनि सो काम गरुन् भन्ने चाहन्छन् ।साथै कृषिका अन्य क्षेत्रमा पनि काम गर्न सकिने उनको भनाइ छ

यदि कोहि कृषकसङग कालिज पालन सम्बन्धी कुनैपनी जिज्ञासा भएमा उनि सहयोग गर्न तयार रहेको बताउँछन् । त्यसको लागि उनलाइ  सम्पर्क गर्न सकिन्छ।

भिडियो हेर्नुहोस…