News Portal

ऋषि कट्टेलले मुद्दा जिते, ओली–प्रचण्डको नेकपा खारेज

मोटिभेटन्यूज संवाददाता
११२ पटक

काठमाडौं – काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

नेकपा अध्यक्ष ऋषि कट्टेलले २ वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि आज निर्णय सुनुवाईको मिति तोकिएको थियो ।

२०७७ फागुन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्