सर्वोच्च अदालतले गरेको फैसला मान्ने प्रधानमन्त्रीको भनाइ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
5.6K
SHARES

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला मान्ने बताएका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेका ओली केहीबेर बसेर बाहिरिएका थिए ।

४ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।

प्रधानमन्त्री ओली बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसला मान्ने बताएका हुन् ।

“सर्वोच्च अदालतको फैसला मान्छौँ,” उनले भने, “एमाले र माओवादी भन्ने कुरा पूर्णपाठ हेरेपछिमात्रै भन्न सकिन्छ । अहिले केही भन्न सकिँदैन ।”