News Portal

प्रक्रियागत अन्योलले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन

मोटिभेटन्यूज संवाददाता
७१ पटक

काठमाडौं – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सांसदहरु आइसकेका छन्। तर, पार्टीका शीर्ष नेताहरु आइपुगेका छैनन्। प्रधानमन्त्री केपी ओली भने केहीबेर बैठक बसेर बाहिरिएका छन्।

कुन विधि र प्रक्रियाबाट बैठक सञ्चालन गर्ने भन्ने अन्योल हुँदा ढिलाइ भएको बताइएको छ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन्।

संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ। त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन्।

बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ। पहिलो बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन्।

यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ।

२०७७ फागुन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्