News Portal

नेपाली कांग्रेसको महासमिति बैठक मङ्सिरको पहिलो साता भृकुटीमण्डपमा हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७७ पटक
काठमाडौं

कार्तिक १०म काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकको स्थान तय भएको छ। मंसिर ५ देखि ९ सम्म हुने महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो।

कांग्रेस पदाधिकारी र उपत्यकका तीन जिल्ला कार्य समितिको बैठकले स्थान तय गरेको हो। यसअघि केन्द्रीय कार्यसमितिको भाद्र ९ मा बसेको बैठकले महासमिति बैठकको मिति तय गरेको थियो।

यसैगरी कात्तिक १६ गते अायोजना हुने चियापान तथा शुभकामना कार्यक्रम व्यवस्थित बनाउने जिम्मेवारी सो बैठकले काठमाडौं जिल्ला कार्य समितिलाई दिएको छ। साथै कार्यक्रम भव्य बनाउन तीनै जिल्ला कार्य समितिलाई व्यापक परिचालन गर्ने निर्णय पनि गरिएको छ।

महासमितिको बैठक सम्पन्न गर्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक १२ गते बस्ने बताइएको छ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्