News Portal

नेकपाको चियापानमा पुगेर देउवाले भने : मिलेर जानुपर्छ, सबै कुरा सत्ता पक्षको हातमा छ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७२ पटक
काठमाडौं

कार्तिक १०, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले गरेको चियापानमा सहभागी भएका छन्  ।

चियापानमा सहभागी भएर फर्कदै गर्दा कांग्रेस सभापति देउवाले मुलुकलाई राजनीतिक रुपमा मिलाएर लैजाने दायित्व सत्तापक्षको भएको प्रतिक्रिया दिनुभएको छ । देश मेलमिलाप र एकतामा गएको हो भनी संचारकर्मीले राखेको जिज्ञासामा देउवाले देशलाई मेलमिलापमा लैजाने जिम्मा सत्तापक्षको भएको संक्षिप्त प्रतिक्रिया दिएका हुन्  ।

उनले भने : ‘देश मेलमिलापमा जानुपर्छ । सत्ता पक्षको हातमा छ सबै कुरा ।’ चियापानमा सर्वसाधरणदेखि नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी नेता कार्यकर्ता लगाएको उल्लेख्य उपस्थिति थियो ।

पार्टी एकता पछिको पहिलो चियापान समारोह व्यवस्थापकीय दृष्टिबाट भने फितलो देखिन्थ्यो ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्