News Portal

संविधान र सङ्घीयतालाई बलियो बनाउनुको सट्टा सरकारले दुई तिहाइको दम्भ देखायो : उपसभापति निधि

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९९ पटक
काठमाडौं

कार्तिक १०, काठमाडौँ –  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन्  । नेपाली काँग्रेस २ नं. क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले संविधानका अनुसूचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट पारे  ।

उनले सरकार संविधान, सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा सरकारले दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाए  ।

नेपाली काँग्रेसका अर्का नेता रमेश लेखकले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार जनताको जीउधन र शान्ति सुरक्षा दिन असफल भएको दाबी गरे  ।

क्षेत्रीय सभापति नारायणभक्त खायमालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले एकता, सहमति र सहकार्य लोकतन्त्र सुदृढीकरणको मूलमन्त्र भएको बताए  ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मध्यपुर र सूर्यविनायक नगरपालिकाका २५० प्रतिनिधि सम्मेलनमा सहभागी छन् । सम्मेलनले सहभागी प्रतिनिधिसँग रचनात्मक सुझाव सङ्कलन गर्नेछ ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्