News Portal

राज्य नबोल्दा भारतीय पक्षले बनाएको बाँधले सीमाको जनताको रुवावासी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०३ पटक
काठमाडौं

भदौ ३, कपिलवस्तु – कपिलवस्तुको सीमा क्षेत्रमा भारतीयद्धारा निर्माणाधीन नहर र बाँधले नेपालतर्फका भूमिहरु डुबाउने क्रम तीब्र बनेको छ । बाँधले कपिलवस्तु क्षेत्र नं. २ को यशोधरा गाँउपालिकाको वडा ७ सोमडिह, ं८ को सिहोखोर र महराजगञ्ज नगरपालिकाको वार्ड नं. १० र ८ हरदौना, कजरहवाको एक हजार भन्दा बढी विगाह जग्गा जलमग्न बनाएको छ ।

भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला शोहरतगढ क्षेत्र अन्तर्गत र बलरामपुर जिल्लाको नेपाली सीमाको दशगजा देखि नजिकै झरुवा नदीमा १६ वटा फाटक निर्माण गरेपछि नेपालको खेती योग्य जमिन डुबानमा परेको स्थानीयको गुनासो छ । यस्तै दक्षिणका २० गाँउ डुबानबाट प्रभावित हुने देखिएको छ । भारतलाई पानी चहिएको बेलामा भारतले फाटकका ढोका पूरै खोल्ने गर्दा नेपालको जमिन सुख्खा हुने तथा बर्षा याममा ढोका बन्द गर्दा नेपालको भूमि डुबानमा पर्ने गरेको छ ।

२ सय ४० घरधुरी रहेको गाँउमा नदी कटान ठूलो समस्याको रुपमा देखा परेको छ । ४० बर्ष अघिसम्म पश्चिम तर्फ रहेको नदीको बहाव गाँउमा पस्न थालेसंगै नेपाली भूमि डुबानमा परेको हो । पटकपटक तटबन्ध निर्माण गरिए पनि बर्षेनी नदीले बगाउने गरेकाले पनि स्थानीय वस्तीहर डुबानमा पर्ने गरेको छ ।

यता यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश पाण्डेयले भने सरकार र स्थानीय तहको तर्फबाट डुबानबाट गाँउलाई बचाउने पहल भइरहेको जिकिर गर्नु हुन्छ । उहाँले तटबन्ध निर्माण तथा नदी कटानलाई रोक्न विभिन्न कार्यक्रम ल्याउने अश्वासन पनि दिनुभयो ।

बर्षेनी हुने डुबानका कारण स्थानीयले सास्ती व्यहोर्दै आएका छन् । भारतीय पक्षले बनाउने बाध तथा नदी नियन्त्रणविरुद्ध राज्य बोल्न नसक्दा जनताले निरन्तर पीडा भोग्दै आएका छन् ।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्