News Portal

सवारी दुर्घटनामा परी डिआइजी सुशील र पत्रकार जीवनसहित तीन जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७७५ पटक
काठमाडौं

कार्तिक १०, काभ्रे – काभ्रेमा शनिबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ।

बा३च २८७ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा डिआइजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो।

पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरु तीनजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा काभ्रेका ४२ वर्षका धनराज पुरी, चालक काभ्रेकै प्रदिप बोगटी र काठमाडौँका विनोद कुमार गौतम रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिप सडकबाट झण्डै पाँचसय मिटर तल खसेको थियो ।

२०७५ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्