News Portal

इक्यानियनहरुलाई खुशीको खबर, अब विना व्याज १५ लाखसम्म ऋण पाइने

मोटिभेटन्यूज संवाददाता
१२० पटक

काठमाडौं – शैक्षिक परामर्श व्यवसायीहरुका लागि खुशीको खवर छ । अबदेखि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा आवद्ध सदस्यहरुका लागि सहुलियतपूर्ण कर्जा पाइने भएको छ ।

इक्यान र ज्योति विकास बैंकबीच भएको सहमति अनुसार बैंकले सहुलियतपूर्ण कर्जा दिने भएको हो । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल लोनलिन सक्नेछन् । यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य संस्था, कर्मचारी तथा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले कर्जा लिन सक्नेछन् ।

साथै, इक्यानका सदस्यहरुले ज्योति विकास बैंकबाट प्राप्त हुने सम्पूर्ण बैँकिङ सुविधा सहज रुपमा उपयोग गर्न सक्नेछन् । इक्यान शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था हो । साथै सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्थाका रुपमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

२०७७ चैत ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्