News Portal

फुटको संघारमा AAERI NEPAL

मोटिभेटन्यूज संवाददाता
१९३ पटक

काठमाडौँ – अस्ट्रेलियालाई आधार बनाएर शैक्षिक परामर्श व्यवसाय गरिरहेका व्यवसायीहरुको संस्था AAERI NEPAL फुटको संघारमा पुगेको छ । अत्याधिक विवादीत कम्पनी आईडिपी एजुकेशन स्टुडेन्ट सर्भिसेसलाई सदस्यता दिएको भन्दै ऐरी फुटको संघारमा पुगेको हो ।

भर्खरै सम्पन्न AAERI को तेश्रो बार्षिक साधारण सभाबाट आइडिपीलाई सदस्यता दिने निर्णय गरेको भन्दै संस्थाका सदस्यहरुले विरोध जनाएका थिए । विरोध गर्दा पनि नेतृत्वले अटेरी गरेको भन्दै ऐरीलाई कब्जा गर्ने रणनीति बनाएको एक कार्यसमिति सदस्यले बताए ।

ऐरीको अध्यक्ष ओम्नी काण्डले चर्चित ओम्नी ग्रुपका संचालक विवादित व्यवसायी द्धिराज शर्मा भनिने धुर्ब कुमार सिवाकोटी हुन् । अल्फा बिटा इन्स्टिच्युटका मालिकसमेत रहेका उनी आईडिपीका संचालक समेत हुन् ।

नेपालमा जबरजस्त शक्तिको आडमा स्थापित कम्पनीलाई संस्थाको सदस्य बनाउन नहुने भन्दै विरोध गर्दा पनि विरोधीहरुको कुरा नसुनी सदस्यता दिएपछि संस्थाका पूर्वमहासचिवको नेतृत्वमा नयाँ टिम तयार भएको ऐरीका एक सदस्यले बताए ।

उनका अनुसार ऐरीका पूर्वमहासचिव नरेन अर्याल, कार्यसमिति सदस्य बुद्धिसागर अर्याल र नवराज खत्रीले अध्यक्षलाई कारवाही गरेर संस्थामा नयाँ नेतृत्व ल्याउने विषयमा छलफल भएको बताए । ‘५ सदस्यीय कार्यसमिति रहेको ऐरीमा बहुमत सदस्यहरुले अध्यक्षलाई कारवाही गर्ने र नयाँ अध्यक्ष चयन गर्ने विषयमा छलफल भएको छ ।’ एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘निर्णय हुन केही समय लाग्ने छ । सकेसम्म उपाध्यक्षलाई पनि मनाएर सर्वसम्मत गर्ने भनेर पहल भइरहेको छ ।’

ऐरीले तेश्रो साधारणसभाबाट महासचिवमा राजेन्द्र रिजाल र कार्यसमिति सदस्यमा कविता बस्नेतलाई मनोनित समेत गरेको थियो । मनोनित पछि ऐरीमा ७ सदस्यीय कार्यसमिति बनेको छ । ऐरीमा २७ ओटा शैक्षिक कन्सल्टेन्सीहरु सदस्य रहेका छन् ।

ऐरी नेपाल भारतको Association of Australian Education Representatives in India(AAERI)को शाखा हो । यसमा द्धिराज शर्माकै हालिमुहाली चल्ने गरेको छ ।

२०७७ चैत ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्