News Portal

नेपालमा आयो विश्वकै उत्कृष्ट कन्सल्टेन्सी, विद्यार्थीलाई सुनौलो अवसर

मोटिभेटन्यूज संवाददाता
२७४ पटक

काठमाडौँ – पछिल्लो समय नेपाली विद्यार्थीहरुको आक्रषक गन्तव्य बनेको छ बेलायतको शिक्षा । विश्वका उत्कृष्ट विश्वविद्यालयहरु रहेको बेलायतमा भिसा रेट बढेपछि विद्यार्थीहरुको आक्रषण पनि बढेको हो ।

बेलायत अध्ययनका लागि शैक्षिक परामर्श संस्थाहरुमा (कन्सल्टेन्सीमा) गएर विद्यार्थीहरुले विश्वविद्यालयका बारेमा जानकारी लिनपर्ने बाध्यता जस्तै छ । उत्कृष्ट विश्वविद्यालयको बारेमा सही जानकारी लिनका लागि एउटा विद्यार्थीले १० देखि १५ ओटा कन्सल्टेन्सीहरु धाउन पर्ने हुन्छ । तर एडभोयमा बेलायतका सबै प्राय विश्वविद्यालयको बारेमा जानकारी पाइने गरेको छ ।

एडभोयबाट बेलायतका ८० ओटा विश्वविद्यालयहरुको बारेमा एकै चोटी जानकारी प्राप्त गर्न सकिन्छ । एडभोयले यसै साता काठमाडौँको एभरेष्ट होटलमा अध्ययनका लागि बेलायत जान चाहने विधार्थीहरूलाई परामर्श प्रदान गरिरहेका परामर्श व्यवसायीहरुलाई ‘एजेन्ट कनकेल्भ २०२१’ मार्फत युके एजुकेशन सिस्टम, अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अवस्था, कोभिडको असर र बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका बारेमा छलफल गर्दै नेपालमा औपाचारिक सुरुवात भएको हो ।

यसका कन्ट्री डाइरेक्टर हुन फिलिप डिसी । कार्यक्रममा विभिन्न क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले ‘फिलिप डिसीले बेलायतको मार्केट कब्जा गरे’ भनेर चर्चा गरेका थिए । एजेन्ट कनकेल्भ कार्यक्रममा युकेका उत्कृष्ट विश्वविद्यालय र हालको अवस्थाका बारेमा एडभोयका साउथ एसिया डाइरेक्टर विजय श्रीचरनले जानकारी गराएका थिए ।

भर्चुवल्ली जोडिदै एडभोयका फाउण्डर तथा सीइओ सादिक वाशाले एजेन्ट कनकेल्भ २०२१ को मुख्य उद्देश्यको बारेमा जानकारी गराएका थियो।

विद्यार्थीहरुलाई विश्वविद्यालय, कोर्ष, छात्रबृद्धि लगायत ‘वान स्टप सोलुसन फर अब्रड स्टडी सर्भिस’ प्रदान गर्ने उद्देश्यले नेपालमा एडभोयको सुरुवात भएको कन्ट्री डाइरेक्टर फिलिप डिसीले बताए । कार्यक्रममा शुभकामना र उत्प्रेरणा प्रदान गर्नका लागि महानायक राजेश हमाल, कलाकार पुजा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

२०७७ चैत १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्