News Portal

निमासको १३ औँ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

मोटिभेटन्यूज संवाददाता
१४७ पटक

काठमाडौं – निमास एजुकेशन प्रा.लि १३ औं बर्षमा प्रबेश गरेको छ । सो अवसरमा काठमाडौंको बागबजार स्थित प्रधान कार्यालयमा निमासले आफ्नो १३ औं बार्षिकोत्सव भब्य रुपमा मनाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिइरहेको निमासले परामर्श क्षेत्रमा तव्धप्रतिष्ठिन व्यत्तित्वहरुको उपस्थितिमा बार्षिकोत्सव मनाएको हो ।

निमासले क्यानडा, अमेरिका, अष्ट्रेलिया, न्युजील्याण्ड, युके, चाइना लगायतका देशहरुमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । निमासकी प्रवन्ध निर्देशक गीता रिजालका अनुसार परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।

निमास एजुकेशन एक आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रिय स्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको निर्देशक सरोज थापाले बताए । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था भएको उनले बताए ।

२०७७ चैत १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्