News Portal

बंगलादेशमाथि नेपालको अग्रता

मोटिभेटन्यूज संवाददाता
७८ पटक

काठमाडौैंं – सन्जोग राईले खेलको १८ औं मिनेटमा नेपाललाई अग्रता दिलाएका छन् । कर्नरकिकमा डिफलेक्ट भएको गोललाई पोस्टको दिशा देखाउँदै सन्जोले सात खेल लामो गोलको खडेरीलाई अन्त्य गरेका छन् ।

नेपालले गोलअघि ब्याक टु ब्याक कर्नर प्रहार गरेको थियो । गोल हुनुअघिको कर्नरलाई पनि बंगलादेशी गोलकिपरले मुस्किलले बचाएका थिए । अनन्त तामाङको हेडर मुस्किलले किपरले बचाएका थिए । यही कर्नरमा डिफलेक्ट भएको बललाई सन्जोगले गोलमा परिणत गरेका थिए ।

सन्जोगले मिडफिल्डको पोजिसनबाट खेलिरहेका छन् । सन्जोगको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । सन्जोगले गत शनिबार भएको बंगलादेशसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

नेपालले आज जम्मा एक स्ट्राइकर लिएर खेलिरहेको छ । तर, खेलको सुरुवाती २० मिनेटमा नेपालले बंगलादेशमाथि निरन्तर दबाब बनाइरहेको छ ।

 

२०७७ चैत १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्