News Portal

एनभीए भलिबल : महिलातर्फ एपीएफ क्लबको विजयी सुरुवात

मोटिभेटन्यूज संवाददाता
८२ पटक

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्टस क्लबलाई तीन शून्यको सोझो सेटमा हरायो। ढोरपाटनको लगातार दोस्रो हार हो। पहिलो खेलमा ढोरपाटन न्यूडायमण्डसँग पराजित भएको थियो।

एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ को सेटमा हरायो। खेलको सुरुवात देखि नै कमजोर टिम ढोरपाटनविरुद्ध एपीएफले दबाव दिएको थियो। प्रतियोगिता अन्तरगत महिला तर्फ नै नेपाल पुलिस र भरतपुर नगरपालिकाबीच खेल जारी छ।

 

२०७७ चैत २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्