News Portal

पछिल्लो पानी विवादपछि पाकिस्तानले प्रतिबन्ध लगायो सबै भारतीय च्यानल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३८ पटक
काठमाडौं

कार्तिक ११, काठमाडौं – पाकिस्तानले भारतीय टेलिभिजन च्यानलहरुमाथि प्रतिबन्ध लगाएको छ। तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्च अदालतले भारतीय च्यानहरुमाथि पुनः प्रतिबन्ध लगाउन निर्देशन दिएको हो।

भारत र पाकिस्तानबीच यसपटक पानीमा विवाद सुरु भएको थियो। पानीबाट सुरु भएको विवाद बढ्दै टेलिभिजन च्यानलसम्म पुगेको हो। पाकिस्तान अाउने खोलाहरुमा भारतीय पक्षले बाँध लगाएको पाकिस्तानको आरोप छ।

पाकिस्तानले बाँधलाई हतियारको रुपमा प्रयोग गरेको बताए पनि भारतले यस विषयलाई अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश साकिब निसारले भारतले पाकिस्तानमा बग्ने खोलाहरुमा बाँध बाँधेपछि पाकिस्तानमा भारतीय टेलिभिजन च्यानलहरु प्रतिबन्ध लगाइनु जाएज भएको बताए।

भारतबाट बग्ने खोलाहरुले पाकिस्तानको ८० प्रतिशत सिँचाइमा सहयोग पु¥याइरहेको बुझिएको छ। भारतीय चलचित्र तथा टेलिभिजन कार्यक्रमहरु पाकिस्तानमा लोकप्रिय मानिन्छन्।

भारत र पाकिस्तानबीच विभिन्न समयमा विवाद भइरहँदा पाकिस्तानले भारतीय टेलिभिजन च्यानल तथा चलचित्रहरुमा प्रतिबन्ध लगाउँदै आएको छ।

सन् १९६५ मा भारतसँग युद्ध हुँदा पाकिस्तानले पहिलो पटक भारतीय चलचित्र प्रतिबन्ध लगाएको थियो। सन् २००८ मा उक्त प्रतिबन्ध हटेको थियो।

तर काश्मिरमा सुरुभएको द्वन्द्वका कारण पाकिस्तानले फेरी सन् २०१६ मा भारतका टेलिभिजन तथा रेडियो सामग्रीहरु बन्द गरिदिएको थियो।

पाकिस्तानको तल्लो अदालतले प्रतिबन्द फुकुवा गरेपछि पाकिस्तानमा भारतीय चलचित्र र टेलिभिजन च्यानल प्रशारण हुँदै आएका थिए। पछिल्लो पानी विवादपछि त्यहाँको सर्वोच्च अदालतले भारतीय च्यानलहरुमाथि प्रतिबन्द लगाएको हो। एजेन्सी

२०७५ कात्तिक ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्