News Portal

नेपाली कांग्रेसमा अब दुई प्रकारका मात्रै सदस्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६९ पटक
काठमाडौं

कार्तिक ११, काठमाडौं – नेपाली कांग्रेसले दुई प्रकारका सदस्यता मात्रै वितरण गर्ने तयारी गरेको छ। कांग्रेसको नयाँ बन्न लागेको विधानमा दुई प्रकारका सदस्यता वितरण गर्ने प्रस्ताव गरिएको छ। विधान परिमार्जनका लागि बनाइएको मस्यौदा समितिले नेपाली कांग्रेस सदस्य र क्रियाशील सदस्य गरी दुई प्रकारका मात्र सदस्य रहने प्रस्तावमा छलफल सुरु गरेको छ। यसअघि मस्यौदा समितिले साधरण, क्रियाशील, सम्मानित र विशेष  गरेर चार प्रकारको सदस्य रहने प्रस्ताव गरेको थियो।

उक्त प्रस्तावलाई सातै प्रदेशमा छलफलमा लगिएपछि कार्यकर्ताबाट आएको सुझावका आधारमा दुई प्रकारको सदस्य मात्र रहने गरी तयारी अघि बढाएको मस्यौदा समितिका एक सदस्यले जानकारी दिए। ‘हामीले एक प्रकारको मात्रै बनाऔं भनेका छौं,’ उनले भने, ‘तर यो विषय छलफलमै छ।’ एक प्रकारको सदस्यका बारेमा समितिमा छलफल हुने र टुंगो नलागेमा विकल्पसहित पार्टी केन्द्रीय समितिमा पेश गर्ने तयारी भएको उनले बताए।

२०७५ कात्तिक ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्