News Portal

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

मोटिभेटन्यूज संवाददाता
६३ पटक

काठमाडौं – घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । क्रिकइन्फोुले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजको पहिलो खेल आउँदो वैशाख ४ गते हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । यस्तै, नेपालले लिगको अन्तिम खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

 

२०७७ चैत २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्