News Portal

पैसा ठिक पार्नुुहोस्, आउँदैछ यी १६ कम्पनीको आइपिओ

मोटिभेटन्यूज संवाददाता
८४९ पटक

काठमाडौं– शेयरबजारमा ५ करोड ८८ लाख कित्ता साधारण शेयर (आइपिओ) भित्रिने भएको छ । नेपाल धितोप बोर्डले १६ कम्पनीका आईपीओ निष्कासनको पाइपलाइनमा रहेको जनाएको हो ।

बोर्डका अनुसार ती कम्पनीको ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५ सय रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार १ सय ८५ कित्ता आईपीओ निष्कासनको प्रक्रियामा छ ।

पाइपलाइनमा रहेका अधिकांश कम्पनी जलविद्युत् क्षेत्रका छन् भने केही लघुवित्तक्षेत्रका छन् ।

बोर्डका अनुसार सहज ऊर्जा, सम्लिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर, डिस मिडिया नेटवर्क, मैलुङ खोला जलविद्युत्, मध्यभोटेकोशी जलविद्युत्, ङादि हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर विकास कम्पनी गरी कुल १६ वटा कम्पनी शेयर निष्कासनका लागि पाइपलाइनमा छन् ।

यी कम्पनीका आईपीओ निष्कासनको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

२०७७ चैत २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्