News Portal

कोरोना महामारीकै बीच आईपीएलको चौधौं संस्करण सुरु हुँदै

मोटिभेटन्यूज संवाददाता
६५ पटक

काठमाडौं– कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ ।

शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ ।

आईपीएल सुरक्षित रुपमा खेलाउन आवश्यक सबै तयारी गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०ले जनाएको छ ।

गत वर्ष आईपीएलको तेह्रौं संस्करण दुबईमा आयोजना गरिएको थियो ।

२०७७ चैत २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्