यस्तो अवस्थामा भुलेर पनि नखानुहोस् केरा, ज्यानै जान सक्छ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, चैत्र २८ २०७७
24.4K
SHARES

काठमाडौं – केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ। चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक पनि हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ ।

यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–6 लगायत हुन्छ। तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ ।

–केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ। यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ।

–केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ।

–यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ।

–केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ।

–केरामा भिटामिन बी–6 हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ।

केरामा गुलियोको मात्रा निकै बढी हुन्छ। यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ।