News Portal

आइपिएल क्रिकेट : दिल्ली र चेन्नई भिड्दै

मोटिभेटन्यूज संवाददाता
८२ पटक

काठमाडौं – १४औँ संस्करणको इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटअन्तर्गत शनिबारको खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

चेन्नई महेन्द्रसिंह धोनी र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछन् । ऋषभले पहिलोपटक दिल्लीको कप्तानी सम्हाल्दैछन् ।

चेन्नईलाई आज धोनीसहित फाफ डुप्लेसिस, सुरेश रैना, रविन्द्र जडेजा, इम्रान ताहिर जस्ता खेलाडीको साथ रहने छ ।

आजको खेलमा आफ्ना मुख्य बलर कागिसो रबाडा र एनरिच नोत्जेबिना मैदानमा उत्रिने दिल्लीलाई ऋषभ सहित शिखर धवन, मार्कस स्टोनिस, अजिन्क्या राहणे, रविचन्द्रन आश्विन जस्ता खेलाडीको साथ रहने छ ।

हालसम्म दुई टोलीबीच भएका २३ खेलमा १५ खेल चेन्नईले जितेको छ भने दिल्लीले ८ मा जीत हासिल गरेको छ । यद्यपि, पछिल्लो सिजनमा भने दिल्लीले दुवै भिडन्तमा चेन्नईलाई पराजित गरेको थियो ।

२०७७ चैत २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्