फेरी घट्यो सुनको मूल्य, तोलामा कति ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
15.1K
SHARES

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।