News Portal

एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन् : रवी

मोटिभेटन्यूज संवाददाता
१५३ पटक

कालीकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भेरी कर्णाली व्युरो इन्चार्ज एटम बम ‘रवी’ले आफ्नो पार्टीले एमालेसँग पार्टी एकता गर्नका लागि वार्ता नगरेको बताएका छन् । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै रवीले जनताको इच्छा अनुसार वार्ता भएको बताए ।

‘हामीलाई नेपाल सरकारले प्रतिबन्द लगाएको हो । प्रतिबन्द लगाउनु गलत थियो भन्ने सरकारलाई लाग्यो र हामीमाथिको प्रतिबन्द फुकुवा गरिदियो’ उनले भने, ‘वार्ता गर्ने सरकारसँग हो । त्यसैले हामीले सरकारसँगै वार्ता गरेका हौँ । यसमा अन्यथा लिन हुँदैन ।’

उक्त जनभेला कार्यक्रममाअखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष बन्दु चन्द र उपाध्यक्ष तथा पूर्वसभासद् धिरिन्दा उपाध्ययलाई स्थानीय जनताले अभिनन्दन गरेका थिए ।

स्थानीय बाजा गाजासहित रास्कोट बजार परिक्रमा गराएर उनीहरुलाई अभिनन्दन गरिएको हो । सरकार र नेपाल कम्युनिस्ट पार्टीका विचमा भएको बार्ताको विषयलाई लिएर जनतामा रहेका भ्रमहरुलाई हटाउँदै सु–सूचित गर्न जनभेला कार्यक्रमको आयोजन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपाकी केन्द्रीय सदस्य तथा अनेम संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्दले सरकारसँग वार्ता भएपछि धेरै निन्द्रा हराम भएको बताइन । ‘वार्ता पछि माओवादीहरुको ठेक्का लिएका केही कमरेडहरुको निद हराम भएको छ । खाना रुच्न छोडेको छ ।’ उनले भनिन्, ‘कसै–कसैले त हुँदै नभएको हतियार र सेनामा पो मागे छन् । हामी बैकल्पिक शक्ति हुने भयोैँ भनेर उहाँहरुलाई छटपटी भएको छ ।’

अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष धिरिन्दा उपाध्ययले महिलाहरुले अझैपनि मुक्तिको शास फेर्न नपाएको बताइन् । महिलामाथि चार तहको पहाडले दवाइएको भन्दै त्यसको मुक्तिका लागि फेरी पनि संघर्ष गर्न परेको उनको भनाई थियो ।

नेकपा कालिकोटले आयोजना गरेको कार्यक्रममा भेरी कर्णाली जनसास्कृतिक परिवारको वेजोड प्रस्तुती पनि रहेको थियो ।

 

२०७७ चैत ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्