News Portal

भविष्यमा चुनौति बोक्न सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न प्रतिष्ठान कटिबद्ध : एआइजी धिरु बस्न्यात

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६०४ पटक
काठमाडौं

कात्तिक १२, काठमाडौं – त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma In Police Sciences (PGDPS) कार्यक्रम समावेश भएको १७९औं समूह (PGDPS १०औं ब्याच) को
प्रहरी निरीक्षक आधारभूत तालिम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरू भएको छ । उक्त तालिमको सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले सोमबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका छन् ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले गतिशील समाजको चाहाना बमोजिम भविष्यमा चुनौति बोक्न सक्ने शारीरिक र बौद्धिक क्षमतायुक्त गुणस्तरिय प्रहरी जनशक्ति उत्पादन गर्न प्रतिष्ठान कटिबद्ध रहेको बताए  । वर्तमान परिस्थितिमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षसँग सरोकार राख्ने र बौद्धिक रुपमा रचनात्मक कार्य गर्न सक्ने हुनुपर्ने उनले उल्लेख गरे ।

संगठनमा तालिमको विशेष महत्व हुने भएकोले परिश्रमकासाथ अनुशासित, लगनशील एवं मर्यादित रही अपेक्षित सफलता हासिल गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए  । उक्त अवसरमा त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको उल्लेख गर्दै देशको सेवा गर्ने प्रण र अठोट बोकी संगठनमा प्रवेश गरेका प्रशिक्षार्थीहरुको भविष्य उज्जवल रहेको बताए ।
व्यवस्थापकीय शिक्षा महत्वपूर्ण र हरेक क्षेत्रमा अतिआवश्यक भएकाले प्रहरी निरीक्षक तालिममा समावेश गरिएको उनले चर्चा गरे  । कार्यक्रममा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीय प्रहरी निरीक्षकलाई १३ महिना तथा खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षकहरुलाई १६ महिना तालिम अवधि रहेको बताए ।उक्त तालिममा विभागीयतर्फका ७६ र खुल्लातर्फका १५ गरी जम्मा ९१ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा सहायक डिन PGDPS कार्यक्रमका सल्लाहाकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरिक्षकहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

२०७५ कात्तिक १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्