News Portal

रू रू जलविद्युतको आईपीओ बाँडफाँट हुँदै

मोटिभेटन्यूज संवाददाता
७९ पटक

काठमाडौं –रू रू जलविद्युत् आयोजनाको आईपीओ भोली (शुक्रवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ८ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

रु रु ले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।

अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।

 

 

२०७८ बैशाख २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्